झापा जनगणना : मेचीनगरको जनसंख्या सबैभन्दा बढी, हल्दिबारीको सबैभन्दा कम

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार २०:१७


मेचीनगर, १२ माघ । मेचीनगर नगरपालिका झापा जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको पालिका भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मेचीनगरको जनसंख्या १ लाख ३१ हजार ५२० भएको छ ।

त्यसपछि विर्तामोड र दमकको जनसंख्या बढी छ । विर्तामोडको १ लाख १७ हजार ३५५ र दमकको १ लाख ७ हजार ४१० रहेको छ ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो । जसको जनसंख्या ३३ हजार ५४ रहेको छ ।

आज सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), कचनकबल (३९,३७२), कमल (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: