झापा जिल्ला साक्षर घोषणा हुँदै

  प्रकाशित मिति
१३ जेष्ठ २०७३, बिहीबार १३:१७


DSC07394

झापा । जिल्ला शिक्षा कार्यालय झापाले यही जेठ १७ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ ।

देशको २५ औँ साक्षर जिल्लाको रुपमा घोषण हुन लागेको झापा साक्षरताको प्रतिशतमा सबैभन्दा बढी साक्षर भएको जिल्ला समेत बनेको छ ।
विहिवार विर्तामोडमा आयोजित पत्रकार सम्मेलन गरी १७ गते जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको जानकारी दिइएको हो ।

विरेन्द्र उमावि चन्द्रगढीको प्राङ्गढमा भव्य समारोहकाबीच शिक्षा मन्त्री गिरीराजमणी पोखरलेले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्र्दैछन् ।
१५ वर्षदेखि ६० वर्ष उमेर समूहका सम्पूर्ण जनसंख्याको ९८ दशमलव ३३ प्रतिशत जनसंख्या साक्षर भएको तथ्याङ्कको आधारमा साक्षर जिल्ला घोषाणा गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँँ’ पत्रकार सम्मेलनमा जिशिअ लुइँटेलले भने –‘यसका लागि आन्तरिक कामहरू धमाधम भइरहेका छन् ।’

२०६७ सालमा गरिएको घरधुरी सर्वेक्षण अनुसार झापामा ९४ हजार ४ सय २१ जना जनसंख्या निरक्षर रहेको र त्यसपछि सञ्चालन गरेका साक्षरता कार्यव्रmममा ८९ हजार १ सय ८७ जना साक्षर भएका र अब ८ हजार २ सय २४ जना साक्षर हुन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

१७ गतेको कार्यव्रmमका लागि जिल्लामा रहेका विभिन्न विद्यालयको नृत्य, विभिन्न जातजातीको झाँकीका साथै बृहत सांँस्कृतिक कार्यव्रmमको आयोजना गरिने बताइएको छ । बीच जिल्ला साक्षर घोषणा हुने तयारी भएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: