‘झापा टाइम्स’को उद्घाटन

  प्रकाशित मिति
५ जेष्ठ २०७४, शुक्रबार १०:५६


jt 1धुलावारी । झापाको मेचीनगरबाट शुक्रवारदेखि झापा टाइम्स डटकम नामक अनलाइन पत्रिका सुरु भएको छ ।

मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा विहान आयोजित भव्य समारोहबिच युवा पुस्ताका अगुवाहरु सीता महरा र श्याम दनुवारले झापा टाइम्सको डिस्प्ले सार्वजनिक गरेर उद्घाटन गरेका थिए ।

टाइम्सका सम्पादक ज्ञानेन्द्र निरौला रहेका छन् । मेचीनगरका प्रमुख दलका नेताहरु, नागरिक समाजका अगुवाहरु, बुद्धिजीवी तथा महिला नेतृहरुको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन अवसरमा सम्पादक निरौलाले अनलाइनको परिचय, विशेषता र उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

उनले न्यूज पोर्टल साइटहरु धेरै भए पनि अरुभन्दा पृथक झापा टाइम्समा झापाको चिनारी झल्काउने सामग्रीहरु समेटिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा र लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजीले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपालमा नयाँ प्रविधितर्फको आकर्षणसँगै अनलाइन पत्रिकाहरु लोकप्रिय बन्दै गएको चर्चा गरेका थिए ।

jt 2नेपाली काङ्ग्रेसका झापा उपसभापति राम कट्टेल, नेकपा एमालेका मेचीनगर चुनाव परिचालन समितिका संयोजक रामचन्द्र उप्रेती, नेकपा माओबादी केन्द्रका जिल्ला कोषाध्यक्ष हंशलाल राजबंशी, राप्रपाका मेचीनगर अध्यक्ष शुशिल आचार्य, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाइँ, धुलावारी क्याम्पसका प्रमुख पुष्पराज पौडेल, मेचीनगर लेडीज जेसिजकी अध्यक्ष शोभा श्रेष्ठ, मेचीनगर लेडीज जेसिजकै संस्थापक अध्यक्ष कविता शर्मा लगायतको सो कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा झापा टाइम्सका तर्फबाट लेखक तथा स्तम्भकारहरु दामोदर ढुङ्गेल, रामचन्द्र उप्रेती, अमृता चौलागाइँ, राजु अधिकारी, रमेश समदर्शी, पुष्पराज पौडेल, सङ्गीता थापा लगायतलाई नगद पारिश्रमिक वितरण गरिएको थियो । पत्रकार महासङ्घका अध्यक्ष सापकोटाले नगद पारिश्रमिक हस्तान्तरण गरेका थिए ।

सभापति र अतिथिको आसनग्रहण, व्याच वितरण, स्वागत भाषण जस्ता औपचारिकतामा समय खेर नफाली विना तामझाम दुई जना मात्र वक्ता राखेर आयोजकले आधा घण्टाभित्रै कार्यक्रम समापन गर्न भ्याएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: