झापाको कोरोना कोषलाई नेकपाले दियो एक लाख

  प्रकाशित मिति
२१ चैत्र २०७६, शुक्रबार १२:०१


झापा, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेको छ ।

नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले शुक्रवार जिससको सभा हलमा उपस्थित भएर सो रकम बराबरको चेक जिसस प्रमुख सोमनाथ पोर्तेललाई हस्तान्तरण प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले बताए ।

कोरोनाबाट उत्पन्न परिस्थिति र लक डाउनका कारण जनजीवन दैनन्दिन कष्टकर बन्दै गइरहेको बेला पार्टीका तर्फबाट विषम परिस्थितिको सामना गर्न सहयोग गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

यस्तो अवस्थामा खाद्यन्न अभाव हुन नदिन र उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति झापाले यसअघि स्थापना गरेको ५० लाख रुपैयाँको कोषमा सहयोग रकम जम्मा हुने र एकद्वार नीति अन्तरगत वितरण हुने पार्टी जिल्ला सचिब विजयकुमार साङपाङले बताए ।

झापा जिल्ला भारतसँगको खुल्ला सीमाका कारण उच्च जोखिममा पर्न सक्ने भन्दै सबैलाई सचेत र संयम हुन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

संव्रmमणको जोखिम काम गर्न यतिबेला देश पूर्ण लकडाउनमा रहेको उल्लेख गर्दै सहयोग घोषणा गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ–“यस्तो बेला दैनिक ज्यालादारी गरीखाने वर्गले खाद्यान्न संकट व्यहोर्नु पर्ने स्थिति छ ।”

यस्तो परिस्थितिमा सबैले संयम हुनुपर्ने र खाद्यान्न संकट व्यहोरिरहेका वर्गलाई सरकारको तर्फबाट चाडो राहत उपलब्ध गराउनु पर्ने भन्दै विज्ञप्तिमार्फत नेकपा झापाले माग गरेको छ ।

यस्तो स्थितिमा पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई, सहयोगी, शुभेक्षुक सबैले संकटको सामाना गर्न स्वयमसेवीका रुपमा कार्य गर्नुपर्ने भएकाले सचेतनापूर्वक लाग्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: