तीन जिल्ला टुक्रयाउन नदिन खबरदारी सभा

  प्रकाशित मिति
७ मंसिर २०७२, सोमबार ०९:५६


काँकडभिट्टा (झापा), ६ मङ्सिर । झापा, मोरङ र सुनसरी जिल्लालाई सीमाङ्कन हेरफेरका नाममा कुनै हालतमा टुव्रmाउन नहुने भन्दै झापाको विर्तामोडमा आज खबरदारी सभा भएको छ ।
झापाली नागरिक समाजले आयोजना गरेको सभामा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसद, नेता, बुद्धिजीवी, विद्यार्थी, व्यवसायी लगायत हजारौँको सहभागिता रहेको थियो ।
मुक्ति चोकमा सभा सुरु हुनु अघि ‘प्रदेश नं.१बाट झापा, मोरङ र सुनसरीलाई टुव्रmाउन पाइँदैन’ लेखिएको व्यानर बोकेर सहभागीले विर्तामोड बजार परिव्रmमा गरेका थिए ।
सभामा बोल्दै नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य रविन कोइरालाले मधेशको समस्या समाधान गर्ने नाममा प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीलाई टुव्रmाउने वा अन्य प्रदेशमा गाभ्ने कुनै पनि प्रस्ताव नस्वीकारिने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेसका सांसद सुधिरकुमार शिवाकोटीले संविधान बन्नु अघिदेखि नै मधेशबादी दलले पूर्वका तीन जिल्लाका विषयमा बखेडा झिकेको उल्लेख गर्दै विदेशीको इशारामा आएका मागमा नलच्किन प्रमुख दलका शिर्ष नेतालाई आग्रह गर्नु भएको छ ।
अर्का सांसद हरि राजबंशीले राजबंशी, ताजपुरिया, धिमाल, मेचे लगायतका आदिवासीको बसोबास भएको झापा, मोरङ र सुनसरीलाई प्रदेश नं.१ मै राखिनु उचित हुने बताउँदै यी तिन जिल्लालाई टुव्रmाउने वा मधेश प्रदेशमा मिसाउने प्रस्ताव नमानिने धारणा व्यक्त गर्नु भएको छ ।
सांसद् अमृतलाल राजबंशीले मधेश आन्दोलनका नाममा नाकाबन्दी लगाएर नेपाली जनतालाई आफ्नै मुलुकभित्र जेलको कैदी जस्तो हालतमा पु¥याइएको भन्दै विरोध जनाउनु भयो ।
सांसद् मनकुमार गौतमले विदेशीको इशारामा एक मधेश एक प्रदेशको माग आएको दावी गर्दै मुलुकको अस्मिताको रक्षाका लागि सबै दलले एकजुट भएर उभिनु पर्ने बताउनु भयो ।
सभामा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापा, नेकपा मालेका केन्द्रीय सदस्य खगेन्द्र प्रसाई, राप्रपा नेपालका जिल्ला नेता टिकाराम खरेल लगायतले बोल्नु भएको थियो । (रासस)  khabardari sava
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: