झापा र इलाममा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

  प्रकाशित मिति
२४ पुष २०७७, शुक्रबार ११:३८


झापा, २४ पुस । झापा र इलामका दुई छुट्टाछुट्टै स्थानमा बिहीवार सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–२ स्थित भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहान पाँचथरको रविबाट दमकतर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका ट्रकका सहचालक मिक्लाजुङ गाँउपालिका–४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारका लागि दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधेको भित्र सडक खण्डमा ट्रकले साइकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिमबहादुर राईलाई ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

बिहीवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: