झापा विद्रोहका योद्धाहरू सहिद घोषित

  प्रकाशित मिति
२० फाल्गुन २०७२, बिहीबार ०४:२६


झापा । सरकारले पञ्चायती शासनविरुद्ध सङ्घर्षरत् रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट मारिएकाको योगदानलाई कदर गर्दै सुखानी काण्डका सहित २२ लोकतान्त्रिक योद्धालाई सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सहिद घोषणा गरेको पर्यटन मन्त्री आनन्द पोखरेलले जानकारी दिए । सरकारले रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), चन्द्र डाँगी (झापा)लाई सहिद घोषण गरेको हो  ।

त्यस्तै, भीमदत्त पन्त (डडेलधुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुङ्गा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुङ्गा), खगेन्द्रराज दाहाल (ओखलढुङ्गा), गोकर्णबहादुर कार्की (ओखलढुङ्गा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (सङ्खुवासभा) लाई सहिद घोषणा गरिएको छ ।

पञ्चायती शासनकालमा सोलुको टिम्बुरबोटे र धनकुटाको छिन्ताङलगायत स्थानमा तत्कालीन सत्ताबाट मारिएका लोकतान्त्रिक योद्धाहरूलाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा उपप्रधान तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव सदस्य छन् ।
सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि जग्गा प्राप्ति र पुनर्निर्माणसम्बन्धी विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषदले पुनर्निर्माण प्राधिकरणले तयार गरेका ती कार्यविधि स्वीकृत गरेको हो ।

त्यस्तै, सरकारले तीन सहसचिवलाई महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रिपरिषदले सूचना तथा सञ्चार मन्त्रालयका एकनारायण अर्याललाई कोलकाताका लागि, पर्यटन मन्त्रालयका गोविन्द कार्कीलाई ल्हासाका लागि र सामान्य प्रशासन मन्त्रालयका कमल भट्टराईलाई हङ्कङका लागि महावाणिज्य दूत नियुक्त गरेको छ ।

विभिन्न ११ मुलुकमा राजदूत रिक्त भएको लामो समय भइसके पनि मन्त्रिपरिषदले नियुक्ति प्रव्रिmया अघि बढाएको छैन । थप १० मुलुकमा राजदूत पद रिक्त हुँदैछ । सत्तारूढ दलहरूबीच भागबन्डा नमिलेकाले राजदूत नियुक्ति प्रव्रिmया अघि बढ्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: