‘झापा विद्रोह’ अब उपन्यासमा

  प्रकाशित मिति
२२ श्रावण २०७४, आईतवार १०:५२


jg 2
सीपी मैनालीद्वारा ‘झापाली गर्जन’को विमोचन

विर्तामोड । प्रसिद्ध आख्यानकार पुण्यप्रसाद खरेलले साढे चार दशक अघि झापाली भूमिमा भएको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कथावस्तु बनाउँदै ‘झापाली गर्जन’ नामक उपन्यास प्रकाशित गरेका छन् ।

वि.सं. २०२८÷०२९ सालमा झापाली कम्युनिस्ट क्रान्तिकारीहरुले भारतको नक्सलबादी सशस्त्र विद्रोहको सिको गर्दै झापामा वर्ग सङ्घर्षको नाममा सशस्त्र राजनीतिक अभियान सञ्चालन गरेका थिए ।

सीपी मैनालीको नेतृत्वमा सुरु गरिएको सो अभियान नेपालको बामपन्थी राजनीतिक इतिहासमा ‘झापा किसान विद्रोह’का नामले चर्चित छ ।
झर्रो भाषा र शैलीमा कलम चलाउन रुचाउने आख्यानकार खरेलले प्रकाशित गरेको उपन्यास ‘झापाली गर्जन’को शनिवार यहाँ एक कार्यक्रमविच विमोचन गरिएको छ ।

punya 3ऐतिहासिक झापा विद्रोहकै नायक सीपी मैनालीले उपन्यासको विमोचन गरेका छन् भने सो समारोहमा तत्कालीन विद्रोहका योद्धा मानिएका नरेश खरेल, हर्क खड्का, ठूलो दुर्गा अधिकारी, दधिराम उप्रेती, कृष्ण सेढाइँ लगायतका पुराना कम्युनिस्ट नेताहरु उपस्थित थिए ।

समीक्षक हेमनाथ अधिकारीले ‘झापाली गर्जन’मा ऐतिहासिक झापा विद्रोहको घटना, परिवेश र पात्रहरुको जीवन्त चित्रण देखेर आफु अत्यन्त प्रभावित भएको कार्यक्रममा बताएका थिए ।

३१ भाग र २२४ पेजको सो कृतिमा झापा विद्रोहकालको २ वर्ष ५ महिनाको घटनालाई समेटिएको समीक्षक अधिकारी बताउँछन् ।

झापा विद्रोहका नायक एवम् पूर्व उपप्रधानमन्त्री मैनाली प्रमुख अतिथि रहेको सो कार्यक्रममा साहित्यकार एवम् प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकारहरु चुडामणि रेग्मी, यज्ञराज प्रसाई, कमल गुरागाइँ, प्राडा बद्रीविशाल पोखरेल, सरोज ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मैनालीले झापा विद्रोह नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गबाट अगाडि बढाउने ऐतिहासिक कोसेढुङ्गा भएको बताउँदै त्यसलाई उपन्यासमा हुबहु उतार्न सफल भएकोमा कृतिकारको प्रशंसा गरेका थिए ।

प्रगतिशील लेखक सङ्घ झापाको आयोजना र सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र सङ्ग्रौलाको सभापतित्वमा भएको कार्यक्रममा सांसद रविन कोइराला, दमक नगरका मेयर रोमनाथ ओली, लेखकहरु रामचन्द्र उप्रेती, सुभद्रा अर्याल, कृष्णप्रसाद उप्रेती, समीक्षक पुण्य खरेल लगायत अतिथि थिए ।

उपन्यासकार खरेलका यस अघि दोसाँधको घाम र त्रिवेणी आमा नामक दुई औपन्यासिक कृति प्रकाशित भइसकेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

punya 9 punya 91 punya 6 punya 7 punya 8 jg 1

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: