झापा सेमीफाइलमा

  प्रकाशित मिति
१९ माघ २०७३, बुधबार २१:०५


_MG_1028

स्वस्थानी र महिला शोषणबिर्तामोड । आयोजक टोली रमपम झापा–११ ले बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा झापाले सुदूरपश्चिम–११ लाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

यी दुई टोलीबिचको खेल सुरुवातमा निकै प्रतिस्पर्धात्मक देखियो । तर, दोस्रो हाफपछि सुदूरपश्चिमले लय गुमाएको थियो । पहिलो गोल भने झापाले उपहारस्वरुप प्राप्त ग¥यो । पहिलो हाफको ३०औँ मिनेटमा झापा ११ का विदेशी खेलाडी मार्टिनको प्रहार सुदूरपश्चिमका खेलाडी राकेश हमाललाई टच हुँदै गोलमा परिणत भयो ।

दोस्रो हाफमा झापाले ३ गोल ग¥यो । खेलको ४६ औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अग्रता २–० पु¥याए । बुद्धको कडा प्रहार सुदूरपश्चिमका गोलरक्षक टेकेन्द्र थापाले रोक्नै सकेनन् । झापाका लागि तेस्रो गोल ४८ औँ मिनेटमा विदेशी खेलाडी मार्टिनले गरे । मार्टिनको प्रहारमा सुदूरपश्चिमका गोलरक्षक थापा बिट भएका थिए । ८८औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को जित सुनिश्चित गरे ।

दिलेन लोक्तामको पासमा मार्टिनले गोल गरेका हुन् । यसअघि खेल सुरु भएको चौथो मिनेटमा सुदूरपश्चिमका विव्रmम सिंहको प्रहार बाहिरियो । ९औँ मिनेटमा झापाका पिटरको पासमा बुद्ध चेम्जोङको प्रहार पोलमा ठोक्किएर फर्कियो । दोस्रो हाफको २०औँ मिनेटमा झापाका बुद्ध चेम्जोङको कडा प्रहार बाहिरियो । दोस्रो हाफकै २२औँ मिनेटमा सुदूरपश्चिमका धनु थापाले प्रहार गरेको फ्रि–किक गोलमा परिणत हुन सकेन । खेलको अन्त्यतिर सुदूरपश्चिमले गोल गर्ने केही अवसर खेर फालेको थियो । बुधबारको खेलमा रेफ्रीले कुनै पनि कार्ड खर्चेनन् ।

यसअघि झापा–११ र सुदूरपश्चिमको पछिल्लो भेट राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भएको थियो । डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसअघि सुदूरपश्चिमकै मैदानमा भएको एउटा खेलमा झापाले सुदूरपश्चिमलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने झापा–११ का खेलाडी मार्टिन घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले लक्की ड्रमार्फत् दर्शकमध्येका केशव लामालाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबिच हुने आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले जानकारी दिए । एनआरटीले नेपाल पुलिस क्लबलाई हराएर अघिल्लो चरण प्रवेश गरेको थियो । मनाङ मस्र्याङ्दीमा अनिल गुरुङ, विराज महर्जन, विसाल राई बी, कमल श्रेष्ठ, रोहित चन्द, विक्रम लामा लगायतका भरपर्दा खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: