झापा ११ फाइनलमा

  प्रकाशित मिति
२० पुष २०७३, बुधबार १८:१७


jhapa

मेचीनगर । झापाको काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा झापा ११ फाइनल प्रवेश गरेको छ ।
बुधबार काँकडभिट्टा उच्च माविको खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा रुपन्देही ११ लाई ४–० गोल अन्तरले हराउँदै झापा ११ फाइनल प्रवेश गरेको हो ।

झापाको तर्फबाट खेलको पहिलो हाफको ३६ औं मिनटमा योगेश गुरुङले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनटमा कर्ण लिम्बूले अर्को गोल गरेर झापालाई अगाडि बढाए । त्यस्तै खेलको ७५ औं र ७७ औं मिनटमा कर्णले अरू दुई गोल गरे । खेलको म्यान अफ द म्याच कर्ण लिम्बू घोषित भए ।

विहीबार दोस्रो सेमिफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच हुनेछ ।
शनिबारदेखि काँकडभिट्टाको खेलमैदानमा सुरु खेलको पुस २३ गते फाइनल हुनेछ । फाइनलका विजेता टिमले नगद रु. ४ लाख १ हजार राशीको पुरस्कार र उपविजेता टिमले नगद रु. २ लाख १ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: