झापा ११ विजयी

  प्रकाशित मिति
१६ पुष २०७३, शनिबार १७:४७


मेचीनगर । काँकडभिट्टामा शनिवारदेखि सुरु मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको उद्घाटन खेलमा रमपम झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

 

football-2काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा हिमालयन शेर्पा काठमाडौंलाई ट्राइबेकरमा ५–३ को गोलअन्तरले हराउँदै झापाले सेमीफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णयका लागि खेलका रेफ्री लब खत्रीले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए । झापाका तर्फबाट कप्तान योगेश गुरुङ, कर्ण लिम्बू, रवि थापा मगर, बुद्ध लिम्बू र रजनी धिमालले गोल गरेका थिए ।
हिमालयनका तर्फबाट भूपाल गुरुङ, हेमन गुरुङ र रुपेश केसीले गोल गरे । विदेशी खेलाडी मोसाले हानेको प्रहार गोलपोष्ट बाहिर गएपछि हिमालयन शेर्पाको खेल यात्रा टुङगिएको थियो ।

शनिवारदेखि सुरु खेलको यही पुस २३ गते हुने फाइनल हुनेछ । फाइनलका विजेता टिमले नगद रु. ४ लाख १ हजार राशीको पुरस्कार र उपविजेता टिमले नगद रु. २ लाख १ हजार पाउनेछन् । खेलको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेको गरेका थिए । भोलिको खेल आयोजक र ब्लु आर्मी सिलोङ भारतबीच हुने छ । प्रतियोगितामा नेपालका ए डिविजनका ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: