झापा–२ बाट एमालेका देवराज घिमिरे विजयी

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार २१:२४


 

बिर्तामोड, ७ मंसिर । झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् ।

बुधबार बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् ।

घिमिरेले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) लाई २ हजार २५६ मतको अन्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ३४० मत प्राप्त गरेका छन् । अन्तिम अंकसहितको औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।

मतगणनास्थलमा रहेका निकटतम् प्रतिष्पर्धी भद्रप्रसाद नेपाल (स्वागत)ले प्रतिनिधिसभामा विजयी घिमिरेलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: