झापा–४ (१) मा एमालेका खनाल विजयी

  प्रकाशित मिति
९ मंसिर २०७९, शुक्रबार १०:१३


कनकाई, ९ मंसिर । झापाको निर्वाचन क्षेत्र नं.४को प्रदेश १ मा सुर्य चुनाव चिन्ह भएका एमाले तर्फका उम्मेद्वार राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।

खनालले आफ्ना निकट्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार झलकवहादुर मगरलाई १,५७८ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका खनालले १३,९५१ मत ल्याउँदा मगरले १२,३७३ मत प्राप्त गरे । मगर गठबन्धनको प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री समेत हुन् ।

क्षेत्र नं.४ को प्रदेश १मा खसेको मत ३२,२५६ गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १६०७ मत बदर भएको जनाइएको छ । औपचारीक घोषणा हुन भने बाँकी रहेको छ ।

यस क्षेत्रमा दापसहितको खुकुरी चुनाव चिन्ह भएका उम्मेद्वारले १५९१,लाउड स्पिकरका उम्मेद्वारले ७८२, लौरो तर्फका उम्मेद्वारले १३४६, कुखुराको भाले तर्फ ३८९, घरमा १७०, ड्रमसेटमा ५५,जेब्रा ४१६,जाँतो तर्फ ५७६ मत प्राप्त भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: