झापा–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

  प्रकाशित मिति
२४ मंसिर २०७४, आईतवार ०८:४७


भद्रपुर । झापा–४ मा बाम गठबन्धनले बिजयको खाता खोल्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको छ ।

प्रतिनिधि सभातर्फ नेकपा एमालेका लालबहादुर (एलपी) साँवा प्रतिष्पर्धीभन्दा साढे सोह्र हजार बढी मत पाएर बिजयी भएका छन् ।

साँवाले ४३,५१५ मत पाएका छन् भने नेपाली काङ्ग्रेसका देउमान थेबे २६,८२२ मत पाएर उपविजयी भएका छन् । उनीहरुविचको मतान्तर १६,६९३ रहेको छ ।

यसैगरी, सो क्षेत्रको प्रदेशसभा–१ मा नेकपा माओबादी केन्द्रका झलकसिंह दर्लामी १७,२५६ मत पाएर बिजयी भएका छन् भने प्रदेशसभा–२ मा नेकपा एमालेका हिरा थापा २४,९०१ मत पाएर बिजयी भएका छन् ।

दर्लामीसँग प्रतिष्पर्धा गरेका नेपाली काङ्ग्रेसका किरण भट्टराईले १४,४८१ मत पाएका छन् । उनीहरुविचको मतान्तर २,७७५ रहेको छ ।

थापासँग प्रतिष्पर्धा गरेका नेपाली काङ्ग्रेसकै उत्तमकुमार शर्माले १४,९६५ मत पाएका छन् । उनीहरुविचको मतान्तर ९,९३६ रहेको छ ।

आइतवार विहानीपख २ बजेर १० मिनटमा निर्वाचन अधिकृतले झापा–४ को सम्पूर्ण मत परिणाम घोषणा गरेका थिए ।

को हुन् साँवा र थेबे ?
विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका साँवा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

निकटतम् प्रतिष्पर्धी देउमान थेबे नेपाली काङ्ग्रेस झापाका पूर्व उपसभापति हुन् । थेबे पहिलोपल्ट संसदीय चुनावी मैदानमा उत्रिएका थिए ।

विवेकशीलले ल्यायो चौथो स्थान ः
प्रतिनिधि सभाको निर्वाचनतर्फ झापा–४ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी चिह्नले तेस्रो स्थान पाएको छ । मञ्चले १,१३२ मत पाएको छ ।

यसैगरी, तराजु चिह्न लिएर चुनावी मैदानमा उत्रिएको विवेकशील साझा पार्टीले चौथो स्थान (६६५), सङ्घीय समाजबादी फोरमको मसालले पाँचौँ स्थान (४७२), एकीकृत राप्रपा राष्ट्रबादीको हलोले छैठौँ स्थान (३३२), राष्ट्रिय जनमुक्ति पार्टीको घरले सातौँ स्थान (२८८), देशभक्त गणतान्त्रिक मोर्चाको मुठ्ठीले आठौँ स्थान (९४) र ग्रीन पार्टीको उँटले नवौँ स्थान (९०) पाएका छन् ।

स्वतन्त्र उम्मेद्वारको रुपमा आँप र कैची चुनाव चिह्नले क्रमशः १८ र १३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
झापा–४ मा ७७,१९२ मत खसेकोमा ३,५६३ मत बदर भएको छ भने प्रदेश सभाको ५ वटा मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा खसेको पाइएको छ ।
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: