झारफुक गर्दा निको नभएपछि धामी विरुध्द उजुरी

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार २१:२९


चारआली, २९ पुस । मेचीनगरमा झारफुक गरेर बिरामीलाई निको पारिदिने नाममा मोटो रकम लिने मेचीनगर–१४ का अर्जुन हेमरमलाई स्थानीय टोल विकास समितिले चेतावनी दिएको छ ।

हेमरमले पेटका बिरामी देबेन्द्र उप्रेतीलाई झारफुक गरेरै निको पारिदिन्छु भनी मोटो रकम लिएपनि निको नबनाएपछि उप्रेतीले टोल विकास समितिमा निवेदन दिएका थिए ।

मेचीनगर–१४ को प्रगति टोल विकास समितिले समस्या सामाधान गर्न आयोजना गरेको छलफलमा धामीको काम गर्ने शैली शंकास्पद रहेको ठहर गर्दै समितिले चेतावनी दिएको हो ।

पीडित उप्रेतीको समस्या सवाधान गर्नुपर्ने, धामी गर्दा विगतका दिनमा गर्दै आएको शैली परिवर्तन गर्नुपर्ने, महिलालाई एक्लै र एकान्तमा फुक्ने कार्य बन्द गर्नुपर्ने लगायतका चेतावनी दिएको छ ।

समितिको उक्त सुझावसहितको चेतावनीलाई उल्लंघन गरेको पाइए समाजिक कारवाही गर्ने निर्णय गरिएको छ ।

छलफलमा उप्रेतीले झारफुक गर्दा निको नभएको, २० हजार भन्दाबढी रकम र मोबाइल धामीले लिएको बताए । आफुलाई निको पार्ने निहुँमा आफ्नी श्रीमतीलाई बिराम लगाइदिएकोले धामीलाई सामाजिक र कानुनी कारवाही गरि क्षतिपुर्ती दिलाईदिन समेत समितिसँग उप्रेतीले माग गरेका छन् ।

छलफलमा मेचीनगरपालिका नगरपरिषद सदस्य बिन्दा प्रसाइले समाजमा राम्रो काम गर्नेलाई पुरस्कृत र बिकृती ल्याउने, नराम्रो काम गर्नेलाई सामाजिक रुपमा तिरस्कृत र दण्डित गर्ने दावी गरिन् ।

समाजसेवी जीवन प्रसाइको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्णकुमारी सुवेदी, अनिता खड्का, सीता अधिकारी, इन्द्रबहादुर अधिकारी, निराजन प्रसाईं, भवनिशंकर मिश्र, गुनुलाल राजबंशी, टंकप्रसाद शिवाकोटी, बीना भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: