बोलेरोको ठक्करले पैदलयात्री महिलाको मृत्यु

  प्रकाशित मिति
१३ आश्विन २०७७, मंगलवार २१:३२


दुधे, १३ असोज । शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित झिलझिले खण्डमा मङ्गलवार साँझ ७ बजे भएको दुर्घटनामा ४० वर्षीया कमला चापागाईको मृत्यु भएको छ ।

राजमार्गमा पैदल हिँडिरहेको बेला पूर्वबाट तीब्र रफ्तारमा आएको बा ११ च ५९९० नं. को बोलेरो जीपले कमलालाई ठक्कर दिएको थियो ।

ठक्करपछि सख्त घाइते भएकी कमलालाई उपचारका लागि बीएन्डसी हस्पिटल पुर्याइएको थियो । उपचारकै क्रममा उनको साढे ७ बजेतिर मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

बोलेरो गाडी र त्यसका चालक अमृत योङहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्युपछि कमलाको शब हस्पिटलमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: