हात्ती धमाउन टर्च लाईट र साईरन

  प्रकाशित मिति
१९ जेष्ठ २०७३, बुधबार ०९:०९


CIMG0799

शान्तिनगर । शान्तिनगर–४ खारखोलास्थित हात्ती पीडित स्थानीयलाई मुनामदन एकाडेमी बर्नेका भूतपूर्व बिद्यार्थीहरुको समूह एक्स–ग्रुपले टर्च लाईट र साईरन बितरण गरेको छ ।

समूहका अध्यक्ष मनिस दाहालको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाली काङ्ग्रेस शान्तिनगर गाउँ सभापति चव्रm शेर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

गौतम बुद्ध प्राथमिक बिद्यालयको प्राङगणमा उपस्थित स्थानियले अहिले पनि दैनिक ४÷५ वटा हात्ती आउने गरेको बताए । हात्ती लखेट्न सहयोगी बनोस भनेर ३० थान टर्च लाईट र १ थान साईरन बितरण गरिएको मुनामदन एकाडेमीका प्रिन्सीपल चेतन ढुङगेलले जानकारी दिए ।
अहिले पनि साँझ पर्न साथ हात्ती आउने र बालीनालीमा नोक्सान पुयार्उने गरेको स्थानीय दुर्गा अधिकारीले बताए । कार्यक्रममा गौतम बुद्ध प्राबिका बिद्यार्थी र स्थानिय युवाहरुलाई खेलकुदका सामाग्री समेत प्रदान गरिएको थियो ।

समूहका सदस्य एन्जल खड्काले स्वागत गरेको कार्यक्रममा गौतम बुद्ध प्राथमिक बिद्यालयका प्रधानाध्यापक प्रद्यन्न भट्टराई, बिद्यालयका जग्गा दाता, कालीबहादुर गौतम, एकता युवा मञ्चका बिरेन शेर्मा, स्थानीय समाजसेबी तेजबहादुर तोलाङ्गे, चुडामणी न्यापौने, याम तोलाङ्गे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: