टाउकोमा पानी जमेकी बालिकाको उपचारमा याचना

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार १०:२५


दमक । आर्थिक अभावका कारण टाउकोको उपचार हुन नसकेकी दमक–१२ की एक बालिकाका परिवारले सबैसँग सहयोगको याचना गरेका छन् ।

सुवास भुजेलकी एक वर्षीय छोरी पवित्राको जन्मेदेखि नै क्रमशः टाउको ठूलो हँुदै गएपछि उपचार गर्न समस्या भएको भन्दै सहयोगको याचना गर्नुभएको हो ।

स्थानीय लाइफलाइन अस्पतालमा जन्मेकी उनलाई डाक्टरले टाउकोमा पानी जमेको र उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न लान नसकिएको आमा हिन्त भुजेलले बताए ।

हिन्तले छोरीको टाउको दिन–दिनै अस्वाभाविक रुपले बढ्दै गएकाले उपचारका लागि सबैसँग सहयोगको याचना गरेकी हुन् । पीडित परिवारले विहीबार यहाँ पत्रकार सम्मेलन गरी छोरी बचाइदिन सबैसँग गुहार मागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: