खुदुनाबारी । विर्तामोडदेखि खुदुनावारी सडकखण्ड अन्तर्गत टाङटिङ खोलामा बाँसको पुल भत्किएपछि खुदुनावारीबासीको जनजीवन झन कष्टकर बन्दै गएको छ ।
अविरल वर्षाले टाङटिङ खोलामा जोडिएको बाँसको पुल भत्केपछि जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको हो । एक मात्र विकल्पको रुपमा सो बाँसको पुल स्थानीयबासीले प्रयोग गदै आएका थिए ।
पुल नहुँदा आवतजावतमा त समस्या छँदैछ भने दैनिक उपभोग्य साम्रागीको आपूर्तिबाट समेत स्थानीयबासीे बञ्चित रहँदै आएका छन् । करिब दस बर्षसम्म पनि पक्की पुल निर्माण कार्य सम्पन्न नभएपछि खुदुनावारी गाविसले एक महिना अगाडि बाँसको पुल निर्माण गरेको थियो ।
पुल भत्किएपछि खुदुनावारी,इलामको दानावारी,लक्ष्मीपुर क्षेत्रका बासिन्दाले अत्यन्तै समस्या झेल्नु परेको छ । टाङटिङ खोलामा मानिस,साइकल,मोटरसाइकल तारेको स्थानीयले ३ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहि आएको छ ।