टिकट पाएको भोलिपल्टै लिङ्देन काङ्ग्रेसमा प्रवेश

  प्रकाशित मिति
१६ कार्तिक २०७४, बिहीबार ०९:३७


दमक । पहिलो संविधानसभा निर्वाचन, २०६४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–७ बाट हराएका विश्वदीप लिङ्देन नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार बिर्तामोडमा आयोजित औपचारिक कार्यक्रममा उनी काङ्ग्रेस प्रवेश गरेका हुन् ।

एमाओवादीको तर्फबाट झापा–७ मा उम्मेदवार भएका लिङ्देनले संविधानसभाको उक्त चुनावमा १६ हजार ९९ मत पाएर विजयी भएका थिए भने ओलीले १४ हजार ९५९ मत ल्याएका थिए ।

काङ्ग्रेसले त्यसबेला ११ हजार र राप्रपाले तीन हजार ४७८ मत ल्याएको थियो ।

केही अघिल्लो दिन मात्रै सङ्घीय समाजवादी फोरमले लिङ्देनलाई झापा–५ मा फेरि ओलीविरुद्ध उठाउने निर्णय गरेको थियो ।

लिङ्देनसहित लिम्बूवान र समाजवादी फोरमका नेता काङ्ग्रेस प्रवेश गरेका छन् । लिङ्देनसँग फोरमका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई पनि काङ्ग्रेस प्रवेश गरेका छन् ।

राईलाई इलाममा झलनाथ खनालविरुद्ध उठाउने तयारी भइरहेको काङ्ग्रेसका एक नेताले बताए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: