टिकाउ अभियानको खाँचो

  प्रकाशित मिति
११ बैशाख २०७३, शनिबार ०४:५३


biswa thapaविगतका बर्षहरूमा झैँ नयाँ शैक्षिक सत्रको आरम्भसँगै सबै बालबालिकाहरूमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यका साथ सुरु भएको छ । यस बर्षको भर्ना अभियानको नारा ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ रहेको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा बैशाख १५ सम्म विद्यालयमा आएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालय भर्ना गरिने र दोस्रो चरणमा विद्यालयमा भर्ना हुन नआएका विद्यालय जाने उमेरका बालबालिकाहरू घरघरमा पुगी विद्यालयमा ल्याइने कार्यव्रmम छ ।
भर्ना अभियानका व्रmममा बैशाख महिनाभर विद्यालयहरूले अभिभावक भेला, अन्तरव्रिmया, आमा भेला, घरदैलो कार्यव्रmम, चेतनामूलक ¥याली लगायतका कार्यव्रmमहरू सञ्चालन गरिने छ ।

शिक्षा विभागले आधा दशक अघिदेखि बैशाखभरि देशव्यापी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । त्यसै अनुरुप मुलुकका सबै जिल्लामा भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षा विभागले न्यून सङ्ख्यामा विद्यार्थी भर्ना हुने जिल्लाहरूमा लक्षित वर्गका विद्यार्थीहरूलाई विद्यालयसम्म ल्याउन विशेष भर्ना अभियान सञ्चालन भइरहेको जनाएको छ ।

अभियानले निम्न आर्थिक अवस्था भएका विपन्न समुदायका लक्षित बालबालिकाहरू विद्यालयमा आउने सरकारले विश्वास लिएको छ ।
शिक्षा प्राप्त गर्नु सबै बालबालिकाहरूको मौलिक अधिकार हो तर हाम्रो देशमा झण्डै एघार लाख विद्यालय जाने उमेरका बालबालिकाहरू विद्यालय बाहिरै रहेको सरकारी तथ्याङ्क छ । तीमध्ये तीन लाखलाई विद्यालयमा ल्याउने लक्ष्य यस वर्ष राखिएको छ ।

निरक्षर जनसङ्ख्याको बाहुल्य रहेको हाम्रो जस्तो मुलुकका लागि सबैका लागि शिक्षा भन्न सजिलो भए पनि कार्यरुपमा रुपान्तरण गर्न कठिन देखिएको छ । विगत २० बर्ष अघिदेखि कार्यान्वयन गरिएको शैक्षिक कार्यव्रmममा सबैका लागि प्राथमिक शिक्षाको पहुँच सहज एवम् सर्वसुलभ बनाउन सकिएको छैन । विद्यालयमा आएर पूरा समय नबस्ने एवम् विद्यालय तथा कक्षा छाड्ने हरुको सङ्ख्या हेर्ने हो भने समस्या अझ गम्भीर देखिन्छ ।

विश्वव्यापी रुपमा आधारभूत मानव अधिकारको रुपमा लिइएको प्राथमिक शिक्षा नेपालको गरिब एवम् सामाजिक तथा आर्थिक रुपले पछाडि परेका बालबालिकाहरूको लागि अझै पनि सहज बन्न सकेको छैन । मुलुकका लागि प्राथमिक शिक्षाको सर्वसुलभता चुनौतिका रुपमा रहि आएको छ । कार्यान्वयन गरिएका शैक्षिक कार्यव्रmम तल्लो वर्गमा भन्दा हुने खानेकै पक्षमा केन्द्रीत भएको देखिन्छ । सुधार प्रयासको सानो अंशमात्र तल्लो वर्गमा पुग्न सकेको देखिन्छ ।

आखिर यस्तो किन भइरहेको छ । शैक्षिक योजनाकार, नीति निर्माण तथा कार्यान्वयनकर्ताले अनुसन्धान अघि बढाउनु पर्ने आवश्यकता खड्किएको छ । विद्यार्थी भर्ना अभियान सफल पार्नु मात्र ठूलो कुरा होइन । विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउन यो अभियानले सहयोग पु¥याउँछ तर यो नै सर्वोपरि भने होइन । केन्द्रीकृत अवधारणाको आधारमा तय गरिएको भर्ना अभियान सम्बन्धी कार्यव्रmमको प्रभाव सबै क्षेत्र एवम् तप्कामा एकै किसिमको हुनुपर्छ भन्ने छैन ।

विपन्न एवम् सिमान्तकृत समुहका बालबालिकाहरूलाई विद्यालयमा ल्याउन जति कठिन छ । त्यो भन्दा बढी चुनौती पूर्ण कार्य विद्यालयमा उनीहरूलाई टिकाउने हुन सक्छ । तसर्थ भर्ना अभियान सम्बन्धी कार्यव्रmमहरू गरिब तथा सामाजिक रुपले पछाडि परेका वर्गमा केन्द्रीत गरिनु आवश्यक छ ।

सरकारी तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना हुने १ सय विद्यार्थीमध्ये ५ कक्षा पुग्दा ३३ जनाले विद्यालय छाड्छन् । यसै गरी कक्षा १० मा पुग्दा ७० जनाले विद्यालय छाड्ने गरेको देखिएको छ । सरसर्ती यो तथ्याङ्क हेर्दा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरूमध्ये १० कक्षामा ३० प्रतिशत मात्र पुग्नु बाँकी ७० प्रतिशतले विद्यालय छाड्ने गर्नु गम्भीर विषय हो ।

यो तथ्याङ्कलाई गम्भीरताका साथ विश्लेषण गर्ने हो भने भर्ना अभियान भन्दा टिकाउ अभियानलाई जोड दिनु पर्ने देखिन्छ । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई टिकाई राख्न र विद्यालय विचैमा छाड्ने दर घटाउन विशेष कार्यव्रmमको खाँचो देखिन्छ ।

विद्यालय नजाने अधिकांश बालबालिका अहिले पनि ज्याला मजदुरी गरी विपन्न अवस्थाको जीवन विताइरहेका छन् । उनीहरूको संसारसँग विद्यालयको वातावरण मेल खाँदैन । समुदायको वातावरण अनुकूल विद्यालयको वातावरण हुने कि विद्यालय अनुकूल वातावरणमा सबै मिल्न सक्नु पर्छ भन्ने मान्यता रही आएको छ । यी दुई भिन्न परिस्थितिको मिलन सम्भव छ तर सजिलो चाहीँ छैन । यसमा शिक्षक अभिभावक लगायत सम्बद्ध सबै सम्वेदनशील हुन जरुरी छ ।

हुने खाने तथा माथिल्लो वर्ग भनिनेहरूलाई परिचित एवम् सहज लागेको वातावरण विपन्न तथा पिछडिएको सबैलाई सहज हुन्छ भन्ने मान्यता त्याग्नु पर्छ । यस तर्फ सम्बद्ध निकायको ध्यान जान नसके भर्ना अभियानले तल्लो वर्गमा खासै प्रभाव नपार्न सक्छ ।
विगतदेखि कार्यान्वयन गरिएका कार्यव्रmमहरूले समेट्न नसकेको पक्ष भनेको सबै खालका बालबालिकाहरूलाई सामाजिक तथा आर्थिक रुपमा औसत भर्ना प्रदान गरिने प्रोत्साहन कार्यव्रmम पनि हो । विपन्न अवस्थामा अभिभावकहरूले औपचारिक विद्यालय शिक्षाको आवश्यकता पूरा गर्न सक्दैनन् ।

उनीहरूलाई विद्यालयको नीति नियम अनौठा लाग्न सक्छन् । काठमाडौँमा बसेर केन्द्रीय अवधारणामा तयार गरिएको कार्यव्रmम मुलुकका सबै भागमा कार्यान्वयन गर्ने प्रकृयाले समावेशी मुद्दालाई सम्बोधन गर्न र अपेक्षित प्रतिफल दिन सक्दैन । आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा पहुँच स्थापित गर्न उनीहरूका अभिभावकहरूलाई आय आर्जनको अवसर उपलब्ध गराई आयस्तर उकास्न आवश्यक देखिन्छ ।

आधारभूत तहमा पाठ्यपुस्तक, पोशाक, छात्रबृत्ति जस्ता सुविधा लिन विद्यालय भर्ना हुने र सो सुविधा प्राप्त गरिसकेपछि विद्यालय छाड्ने प्रबृत्ति हेर्दा अभिभावकहरूमा चेतना जगाउनु पर्ने देखिन्छ । अर्को तर्फ बाल मजदुरको रुपमा काम गरी विद्यालय नआउने बालबालिकालाई घरको काम लगाई ठूला मानिस ज्याला मजदुरी गर्न जाने कारणले पनि विद्यालय जाने उमेरका बालबालिका विद्यालय नआउने, आइहाले पनि बिचैमा छाड्ने गरेको देखिन्छ । यसका लागि अभिभावकहरूको आयस्तर उकास्ने कार्यव्रmमको आवश्यक छ ।

भर्ना अभियान सञ्चालन गरी विद्यार्थी भर्ना मात्र गर्ने तर उनीहरुलाई विद्यालयमा टिकाई राख्न प्रभावकारी कार्यक्रम कार्यान्वयन नगर्ने हो भने भर्ना अभियान औपचारिकता मै सिमित हुने देखिन्छ ।

(२०७३ बैशाख ११ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: