टिका लगाउने उत्तम साइत विहान १० बजेर १९ मिनट

  प्रकाशित मिति
१० कार्तिक २०७७, सोमबार ०७:२२


झापा, १० कार्तिक । आज विजया दशमीको टिका लगाउने उत्तम साइत विहान १०ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष डा. रामचन्द्र गौतमका अनुसार देवी विसर्जनको साइत १०ः११ र टिका ग्रहणको साइत १०ः१९ बजे रहेको छ ।

तर आजको दिन शुभ हुने भएको हुँदा सर्वसाधारणले टिका लगाउन साइत हेर्नु नपर्ने पनि समितिले जनाएको छ ।

राज्यका सञ्चालकहरु राष्ट्रपति, प्रधानमन्त्री, सेनापातिलगायतले भने उत्तम साइतमै टिका लगाउनु पर्ने डा. गौतम बताउँछन् ।

असत्यमाथि सत्य र असुरमाथि देवताको बिजय भएको उत्सवको रुपमा अक्षताको रातो टिका लगाउने र मान्यजबाट आशिर्वाद लिने टिकाको परम्परा रहिआएको छ ।

टिका कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ । कतिपय स्थान र समुदायमा सेतो अक्षताको टिका लगाउने परम्परा समेत छ । टिकासँगै जमरा लगाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: