टिपरको भयानक ठक्करले स्कुल जाँदै गरेकी अन्सुको मृत्यु

  प्रकाशित मिति
७ माघ २०७७, बुधबार ११:२३


मेचीनगर, ७ माघ । स्कुल जाँदै गर्दा टिपरको ठक्करले घाइते भएकी मेचीनगर–१३ की १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको छ ।

विर्तामोडको देवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत शिवाकोटी र स्थानीय राहुल बस्नेतलाई तीब्र गतिमा हुँइकिदै आएको मे१ख २५१५ नं. को टिपरले मंगलवार विहान चारआली चोकबाट सय मिटर दक्षिण चारआली चन्द्रगढी सडक खण्डमा भयानक ठक्कर दिएको थियो ।

घाइते शिवाकोटीको आज विहान ६ बजेतिर उपचारकै क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करले घाइते अर्का विद्यार्थी १८ वर्षीय राहुल बस्नेतको सोही हस्पिटलमा उपचार भइरहेको छ ।

मंगलवार विहान ५ः२५ बजेतिर स्कुल जना दुबै जना पैदल यात्रा गरिरहेको अवस्थामा टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक भद्रपुर–९ का ३२ वर्षीय सुमन ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका लागि टिपर र चालकलाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: