टिपरले ठक्कर दिँदा पिकअप चालकको मृत्यु

  प्रकाशित मिति
११ आश्विन २०७८, सोमबार २०:२६


झापा, ११ असोज । पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरले पिकअपलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
सोमबार बिहान को २ च २६३२ नम्बरको सो पिकअपलाई टिपरले ठक्कर दिएको हो ।

ठक्कर दिँदा उक्त पिकअप उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो । चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअपलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला पिकअप स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: