टोलटोलमै तरकारी पुर्याउँँदै मेयर

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार १२:३०


फोटो ः नगरप्रमुख ध्रुव शिवाकोटीको फेसबुकबाट ।

विर्तामोड । विर्तामोड नगरपालिका आफैले ताजा तरकारी टोलटोलमा पुर्याउन थालेको छ ।

नगरपालिकाले टेम्पोमा सब्जी लोड गरेर टोलटोलमा पुर्याएको र सर्वसाधारणलाई विक्री गरेको तस्वीर नगरप्रमुख ध्रुव शिवाकोटीले फेसबुकमा आइतवार सार्वजनिक गरेका छन् ।

नगरप्रमुख शिवाकोटीले लकडाउनका बेला सर्वसाधारणलाई अभाव नहोस् र उनीहरु घरभित्रै बसिरहन सहयोग पुगोस् भनेर नगर क्षेत्रमा  उपभोक्ताको हातैसम्म पुर्याउने नगरको योजना रहेको बताए ।

नगरपालिकाले ‘मेयर विषादीम्ुक्त कार्यक्रम’ अन्तर्गत किसानहरुलाई अनुदान दिएर गाउँगाउँमा अग्र्यानिक तरकारी उत्पादन गराउँदै आएको छ ।

तिनै किसानहरुले फलाएको तरकारी नगरपालिकाले वडाका जनप्रतिनिधिहरुलाई परिचालन गरेर उपभोक्तालाई बेच्न थालेको हो ।

छ वटा गाडी विहान र बेलुक दुई सिफ्टमा तरकारी पुर्याउने कार्य भइरहेको नगरप्रमुख शिवाकोटीको भनाई छ ।

तरकारी बेच्न नगरप्रमुख शिवाकोटी र कृषि शाखाका अधिकृत राजेन्द्र कडरिया आफै पनि टोलहरुमा पुग्ने गरेका छन् ।

झापामा सबैभन्दा ठूलो कृषि बजार विर्तामोडमै छ । तर अत्याधिक भीड भएका कारण प्रशासनले कृषि बजार बन्द गराएको छ । केही कृषि उत्पादक संस्थाले समेत निजी गाडीमा टोलटोलसम्म तरकारी पुर्याउने गरेका छन् ।

तरकारी बेच्न जाँदा उपभोक्तासँगको सामाजिक दुरी कायम गरिएको र भीड जम्मा हुन नदिइएको नगरप्रमुख शिवाकोटी बताउँछन् ।
विर्तामोड नगरपालिकाले बाँड्ने तरकारीमा साग, फर्सी, टमाटरलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: