टोलदेखि घरसम्म पुगेर ज्येष्ठ नागरिकको सम्मान

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार १०:३७


झापा, २७ पुस । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आएकी छिन् ।

उनले पालिकाका ८५ बर्षदेखि ९० बर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोल टोलमा पुगेर सम्मान गर्दै आएकी हुन् । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्ने गरेकी छिन् ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उनीहरुलाई ज्याडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिकतत्वयुक्त खानेकुरा लिएर जाने गरेको उनले बताइन् । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु. दुई लाख बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याइएको उनको भनाई छ ।

“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भने, “आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।” उनले तीनदिन अघिदेखि सुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताए ।

सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उनको भनाई छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ उनीहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु” उनले भनिन् ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उनीहरुको पहिचान गरिएको उनले बताइन् । गत बर्ष ९० बर्षमाथिका एक सय बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु. पाँच हजारमा आफूले न्यायो सिरक थपेर वितरण गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: