टोल सुरक्षा समितिलाई खाद्यान्न

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार ०९:५०


अर्जुनधारा । अर्जुनधारा नगरपालिका–११ का टोल सुरक्षा समितिका २५ जना सदस्यलाई खाद्यान्न वितरण गरिएको छ ।

राहतका लागि सामाजिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक अभियन्ता गणेश ढुंगाना मार्फत संकलित खाद्यान्न प्रति ब्यक्ति २५ केजी चामल, एक केजी दाल, एक केजी खानेतेल, एक केजी नुन प्रदान गरिको गरिएको थियो ।

नगर, वडा र टोलमा कोराना संक्रमित सम्भावित नौलो ब्यक्ति तथा लागूऔषद प्रयोगकर्ता र झैझगडा गर्ने समुहहरुबाट हुन सक्ने जोखिमबाट बच्न र लकडाउनलाई ब्यवस्थित गर्न अहोरात्र खटिने सुरक्षा समितिका सदस्यहरुलाई राहत वितरण गरिएको अभियन्ता ढुंगानाले बताए ।

रोजगारी बन्द भएको अवस्थामा हौसला तथा उपहार स्वरुप खाद्यान्न प्रदान गरिएको रन्जित परियारले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भैरबबहादुर खड्का, अभियानका संयोजक जगतबहादुर मगर, निर्माण ब्यवसायी शेरबहादुर थापा, जनप्रतिनिधि मोहनकुमार योगी, सुर्यप्रसाद गिरी,चन्द्र सुवेदी, शिक्षा सेवी हस्त परियार लगायतले दाताहरु बिर्तामोड–४ निवासी ब्यवसायी बिरेन्द्र उदास, गजेन्द्र शान्ता जबेगु, तिलक बिश्वकर्मा, अर्जुनधारा–११ निवासी गोपाल प्रसाई, हरिबहादुर खड्का र सुनिता धिमाललाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: