ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

  प्रकाशित मिति
१८ पुष २०७७, शनिबार २१:३९


झापा, १८ पुस । झापा गाँउपालिका–६ स्थित शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

शुक्रबार दिउसो ३ बजे शर्णामती स्थित भित्री सडक खण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी बराईलीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बराईलीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: