ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार १६:०७


झापा, ३० असार । कमल गाउँपालिकामा मंगलबार विहान ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ का ४१ बर्षीय केदारनाथ दाहाल रहेका छन् ।

कमल गाउँपालिका–२ स्थित मिलन चोकको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि फाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधान र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: