ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १२:२१


झापा, १४ पुस । शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक केरावारी गाउँपालिका–८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई आज विहानको राति १ वजे ठक्कर दिँदा घाइते भएका थिए ।

घाइते आचार्यको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: