ट्राफिकद्वारा जथाभावी जरिवाना

  प्रकाशित मिति
१८ आश्विन २०७३, मंगलवार १०:२७


विर्तामोड । सवारीसाधन व्यवस्थित गर्नु र ट्राफिक नियम कडाइका साथ लागू गराउनु ट्राफिक प्रहरीको दायित्व हो । तर, झापामा ट्राफिक प्रहरीको काम राजश्व वृद्धिमा केन्द्रित छ । दसँै सुरु भएपछि ट्राफिक प्रहरीको ज्यादति अझै बढेको छ ।
सार्वजनिक सूचना जारी नगरी बस स्ट्यान्ड सारेपछि जिल्ला ट्राफिक प्रहरीले सोमवार दिउँसो भटाभट यात्रुबाहक बसलाई जरिवाना गरिरहेको थियो । ‘हामीलाई जानकारी नै थिएन बसपार्क सारिएको, के आधारमा ट्राफिक प्रहरीले जरिवाना गरेको हो ?’ एक बसका चालकको प्रश्न थियो– ‘हामीलाई एकपटक त जानकारी दिनु पर्छ नि ।’ त्यो बसका चालक र कर्मचारीले जति पटक माफी माग्दा पनि धर पाएनन् । अन्ततः ५ सय रुपैयाँ जरिवाना बुझाउनु पर्यो । ‘हामीसँग १ हजार रुपैयाँसम्म असुलिन्छ’, ती गाडी स्टाफले भने – ‘हामीले ट्राफिक प्रहरीले भनेको लुरुलुरु मानिरहेका छौँ, तर, जानकारी बिना भटाभट जरिवाना गरेपछि हामीले कोसँग गुहार माग्ने ?’

जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले चेतावनीकै लागि जरिवाना गरिएको बताए । ‘सबैको पछि लागेर सकिँदैन, भटाभट जरिवाना गर्न थालेपछि सबै आफ्नो ठाउँमा आउछन्’ – उनले भने । ट्राफिक प्रहरीको काम जरिवाना गर्ने हो कि नागरिकलाई सचेतना प्रदान गर्ने हो भन्ने प्रश्न गरेपछि आव्रmोसित गिरी थामिएर भने – ‘हामीले जरिवाना गरेका छैनौँ, अलि बढी गर्नेलाई कारवाही हुन्छ ।’ उनले सूचना जारी नगरी चलान काट्नु गल्ती भएको स्वीकार गरे । गिरीले भने – ‘विर्तामोडमा दसँैसम्मका लागि सवारीसाधनको स्ट्यान्ड सारिएको छ ।

लामो दुरीका बस कनकाई क्याम्पस रोड पूर्व र म्याजिक र लोकललाई साविककै बस स्ट्यान्ड पार्किङ तोकिएको छ, रात्री बसका लागि अदुवा खोला वारी रोक्न निषेध गरिएको छ, अदुवा खोला पश्चिम मात्रै रोक्न अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: