ट्राफिक व्यवस्थापनमा नागरिक सचेतना आवश्यक

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार ०७:३८


jci dhulabari

धुलाबारी । ट्राफिक सप्ताह कार्यव्रmम अन्तरगत धुलाबारीमा विहीबार ट्राफिक ब्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा फोटो प्रर्दशनी गरिएको छ ।

धुलाबारी जेसीजको संयोजनमा सम्पन्न कार्यक्रममा ट्राफिक ब्यवस्थापन सम्बन्धी सचेतनाका बारेमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।

धुलाबारी जेसीजका अध्यक्ष लिलाप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्राफिक विभागका प्रहरी उपरीक्षक पवन गिरीले ट्राफिक ब्यवस्थापनका लागि स्थानीय समुदायको सहयोग अनिवार्य भएको बताए । उपरीक्षक गिरीले ट्राफिक प्रहरी र स्थानीय समुदाय जोडिन सक्यो भने मात्र ट्राफिक ब्यस्थापन चुस्त दुरुस्त हुने भएकाले ट्राफिक सप्ताहको कार्यक्रमलाई देश ब्यापीरुपमा सञ्चालन गरिएको बताए ।

कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले नगर क्षेत्रको सडक व्यवस्थित गर्न ट्राफिक प्रहरीसँगै नगरबासीले नै अग्रसरता लिनु पर्ने बताए ।

धुलाबारी बजारमा आयोजित कार्यक्रममा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुव कनाल, मेचीनगर लेडी जेसीजका अध्यक्ष उषा श्रेष्ठ, ट्राफिक हवल्दार योगेन्द्र थापा र सचेत सिटी सफारी चालक संघका अध्यक्ष लेखनाथ पौड्ेलले ट्राफिक ब्यवस्थापनका लागि आम नागरिकमा सचेतना नै पहिलो आवश्यकता भएको बताए ।

धुलाबारी क्षेत्रका विभिन्न बिद्यालयका बिद्यार्थी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तर्फबाट सडक ब्यवस्थापन सम्बन्धी सचेतना मुलक फोटो समेत प्रर्दशनी गरिएको थियो ।

धुलाबारी जेसीजका अध्यक्ष लिला प्रसाद भण्डारीले कार्यक्रम बारेमा जानकारी दिनु भयो कार्यक्रम जेसीजका महासचिब सागर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: