ट्राफिक हवल्दारसहित असल ऋणी र बचतकर्तालाई सम्मान

  प्रकाशित मिति
१३ आश्विन २०७३, बिहीबार १६:२५


bhan
धुलावारी । भानु वहुमुखी सहकारी संस्था मेचीनगर–१ को १५ औँ वार्षिक साधारणसभा वुधवार सम्पन्न भएको छ ।
धुलावारीस्थित मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष गोपालपसाद चुँडालले संस्थाको वार्षिक प्रतिवेदन पेस गरे ।

२०५७ सालमा १ लाख ३५ हजार शेयर पूँजीबाट सुरु भएको यो सहकारीको आर्थिक वर्ष २०७२÷७३ सम्म आइपुग्दा शेयर पूँजी ८६ लाख ९३ हजार ९ सय रुपयाँ पुगेको उनले बताए ।  संस्थामा हाल १४ सय ४९ महिला र १७ सय ९८ पुरुष सेयर सदस्य रहेका छन् । धुलावारी चोकमा कार्यालय रहेको संस्थाले मेचीनगर, धाइजन, बाहुनडाँगी, शान्तिनगर, ज्यामिरगढी र दुवागढीलाई कार्य क्षेत्र बनाउँदै आएको छ ।

bhanu

सोही अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । धुलावारी बजारलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान दिएका ट्राफिक हवल्दार योगेन्द्र थापालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा नगद ३ हजारसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । त्यसैगरी, उत्कृष्ट वचतकर्तातर्फ शेषकुमारी चम्लागाईं, निलु सापकोटा, भक्तबहादुर दाहाल, जितबहादुर खड्का, बसिया खातुन र महमद, उत्कृष्ट ऋणीतर्फ सुशील राजवंशी, बुद्धलाल मेचे, विशालकुमार श्रेष्ठ र शम्भु साहलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही नगद १ हजारसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै, संस्थाका ज्येष्ठ सदस्यहरु डम्वरबहादुर खड्का र फुलमाया लिम्बूलाई नगद १५ सयसहित सम्मान गरियो ।

संस्थाका अध्यक्ष गोपालप्रसाद चुँडालको सभापतित्व तथा जिल्ला सहकारी सङ्घका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा विषेश अतिथि धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, मेचीनगर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्ले, धुलावारी क्याम्पसका अध्यक्ष भीम खवास, शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईं, गृहलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेनुका डाँगी, धुलावारी क्याम्पस व्यवस्थापन समिति सदस्य भोजराज कोइराला, समाजसेवी शोभा प्रसार्इं, मेची उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष धुव्र कनाल, महालक्ष्मी कृषि सहकारी संस्थाकी उपाध्यक्ष देवीका भट्टराई, पत्रकारहरु मुक्ति पौडेल, राजु अधिकारी, ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका लेखा समिति संयोजक विश्वास भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । चन्दा सिटौला र साङ्गे शेर्पाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यव्रmममा स्वागत उपाध्यक्ष शङ्कर श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: