ट्राभल्स सङ्घमा नयाँ नेतृत्व

  प्रकाशित मिति
१९ असार २०७३, आईतवार १०:२५


shanker bhatta 1
शङ्कर भट्टराई

बिर्तामोड । ट्राभल्स सङ्घ झापाको चौथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ ।

झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको छ ।
यस अघि ‘झापा जिल्ला ट्राभल्स सङ्घ (जेएटीए)’ले चिनिएको संस्थाको नाम परिवर्तन भएर ‘ट्र«ाभल्स सङ्घ झापा (टीएजे)’ बनेको छ ।

शनिवार विर्तामोडको एनएमसी हलमा सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन गरेको हो ।

साधारणले कार्य समितिको आकार ११ जनाबाट बढाएर १३ पुर्याएको छ भने २ जना महिला सदस्य अनिवार्य र दुई जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।

नयाँ कार्य समिति सर्वसम्मत रुपमा गठन भएको थियो । निर्वाचन समितिका संयोजक मोहन काजीका अनुसार समितिको दुई उपाध्यक्षमा भद्रपुरका गोपाल खनाल र काँकरभिट्टाका बिजय सुबेदी चयन भएका छन् ।

त्यसैगरी समितिको महासचिवमा यस अघिका कोषाध्यक्ष काँकरभिट्टाका पृथुराज गौतम चयन भएका छन् भने सचिवमा विर्तामोडका रविन श्रेष्ठ चयन भएका छन् ।

gopal khanal
गोपाल खनाल

कोषाध्यक्षमा सन्तोष नेम्वाङ र सदस्यहरूमा दमकका केदार बस्नेत, काँकरभिट्टाका भरत तामाङ, काँकरभिट्टाकै हस्त कुमार तामाङ र भद्रपुरका राम अधिकारी चयन भएका छन् ।

दुई महिला सदस्य कार्य समितिले पछि मनोनित गर्ने भएको छ । विधान अनुसार निर्वमान अध्यक्ष नीरबहादुर कार्की संस्थाको सल्लाहकार संयोजक चयन भएका छन् ।

निवाृचन समितिमा पत्रकारद्वय मोहन काजी र तारामणि सापकोटा रहेका थिए ।

साधारणसभाको उद्घाटन सत्रमा प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रमेश समदर्शी राईलाई पर्यटन प्रबर्धनका क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याए वापत यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मानित समदर्शीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले सम्मानपत्र तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीले नगद हस्तान्तरण गरेका थिए ।

पत्रकार समदर्शी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

सोही कार्यक्रममा पथ प्रदर्शक व्यवस्थापन समितिका अध्यक्ष कोषराज सिटौलालाई पनि नगद सहित सम्मान गरिएको थियो ।

 

bijay subedi
बिजय सुबेदी

कार्यक्रममा बोल्दै सहायक प्रजिअ निरौलाले ठूलो हिस्सा ओगटेको पर्यटन व्यवसायको विविध कारणले सोचेजति विकास हुन नसकेको बताए ।
शुभकामना मन्तव्यका क्रममा पत्रकार मोहन काजीले सङ्घले सञ्चारकर्मीलाई समेत सम्मान गर्ने परम्परा बसाएर पत्रकारिता जगतलाई गुन लगाएको बताए ।

विराट क्षेत्र पर्यटन प्रवर्धन विकास समितिकी सदस्य मीना उप्रेतीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकलाई सही पथ प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिइन् ।

सङ्घका अध्यक्ष निरबहादुर कार्कीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पेमा तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक मोहन काजीले शपथग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष भट्टराईले विस्तृत कार्य योजनाका साथ संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । निवर्तमान अध्यक्ष नीरबहादुर कार्की, निर्वाचन समितिका सदस्य तारामणि सापकोटा र पर्यटन बोर्डकी प्रतिनिधि सुस्मिता दाहालले पनि नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिएकी थिइन् ।

बन्द सत्रमा अध्यक्षले प्रस्तुत गरेको साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन छलफलपछि सर्वसम्मत पारित भएको थियो ।

taj 1
प्रतिबद्धता मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष
taj 2
शपथग्रहणपछि नवनिर्वाचित कार्य समिति

taj 3

निर्वाचन समितिको तर्फबाट नवनिर्वाचित अध्यक्षलाई बधाइ दिदै पत्रकार मोहन काजी 

SL371163

पुरस्कृत पत्रकार रमेश समदर्शी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: