आफै ठगिने तयारी

  प्रकाशित मिति
१८ असार २०७३, शनिबार ०९:४३


bhupendra dahalकेही समय अगाडि तुलसीको विरुवा रोप्ने, बिक्री मूल्य तोकिदिने र खरिद समेत आफैँले गरिदिने राम्रै हल्ला हाम्रो समाजमा चलेको थियो । त्यस्तै प्रकृतिको तर मान्छे झुक्याउने सन्दर्भ भर्खरै एक जना मित्रले सुनाउनु भयो । वहाँको एक जना साथीलाई एलोभेरा विरुवा रोपणका लागि एजेन्टले विभिन्न प्रलोभन देखाए । निश्चित समयपछि हुने मूल्य तत्काल तोकिदिए र खरिद गरिदिने आश्वासन पनि दिए । नभन्दै ती व्यक्तिले आफ्नो धेरै जमिनमा एलोभेरा रोपे, हुर्काए, बढाए, व्यावसायिक खेती देखियो त्यो । तर जब बिरुवा बिक्री गर्ने बेला भयो एजेन्ट गायब भयो । एलोभेरा बेकामे भयो । बिक्री भएन । हाल आएर फाँड्न नसकिने काँडाघारी भयो ।
एकदुई पटक पुराना तामा पित्तल सिल्भरका भाँडाकँुडा लगेर पछि नयाँ बनाएर ल्याइदिने अनि गाउँ भरिका मानिसको विश्वास जितेर त्यहाँ भएका पुराना भाँडाकुडा लिएर फरार भएका घटना हाम्रा गाउँघरमा बग्रेल्ती देखिन्छन् ।

छोटो समयमा धेरै पैसा कमाउन सकिने भन्दै आफू फँस्ने, आफ्ना र आफूलाई विश्वास गर्नेहरू सकेसम्म सबैलाई फसाउने संस्थाहरू युनिटी, युनिपे आदि नाम गरेका बग्रेल्ती समूहले समाजमा टाठाबाठा भनाउँदाहरूलाई थाङ्नामा सुताएको कुरा हाम्रै समाजमा छिपेको छैन । भर्खरै पाँचथरमा एक जना लामाले सन्तान नहुनेका लागि सन्तान हुने भनी थुप्रै पैसा र सुनचाँदी लिएर फरार भएपछि पाँचथर प्रहरीले निज व्यक्तिलाई पव्रिmयो ।

यी माथिका केही प्रतिनिधि ठगीका घटना मात्र हुन् । मैले सुनेको एउटा जोक्स रमाइलो लागेको थियो । एउटाले रु. एक हजारमा एक जोर जुत्ता किनेको रु. पचास हजारको चिठ्ठा उक्त जुत्ता किन्दा पाएछ र सबै पैसाले पुनः चिठ्ठा पार्ने सोचेर सोही जुत्ता किनेछ । यही प्रकृृति दोहोरिएका घटना समाजमा बग्रेल्ती पाइएका छन् र तिनै कमजोरी प्रयोग गरेर ठगहरूले यहाँ खेती गरिरहेका छन् ।

 

thagi
लगानी पनि आफैँ गरिदिँदै आउने कुरा असम्भव मात्रै हैन ठगीको नियत समेत त्यसमा प्रस्टै देखिन्छ ।

एउटा कुरा प्रष्ट के छ भने आजको प्रतिस्पर्धाको समयमा कुनै पनि सानोभन्दा सानो फाइदा हुने काममा मानिस सकेसम्म अरुलाई जानकारी दिन समेत चाहँदैन आफैँ उक्त काम गर्न खोज्छ भने तपाईँलाई यति फाइदा हुन्छ भन्दै आइडिया बाँड्दै, अझ लगानीको लागि सापटी दिने तथा लगानी पनि आफैँ गरिदिँदै आउने कुरा असम्भव मात्रै हैन ठगीको नियत समेत त्यसमा प्रस्टै देखिन्छ । व्यवसायमा सायदै त्यस्तो प्रवृत्ति पाइँदैन ।

हाम्रा गाउँघरमा सोझासाझा बुढाबुढीको सुन सफा गरिदिने, सर्प पक्रिदिने लगायतका धन्दाले एकातिर तिनीहरूको कमजोरीको फाइदा उठाइरहेका छन् भने अर्कोतिर विभिन्न सामानका विज्ञापन विव्रmी गर्न खटिएका व्यक्तिहरू यो सामानको प्रयोगले यो रोग निको हुने भन्दै अस्वस्थताका कारण पीडितहरूको कमजोरी प्रयोग गरेर विभिन्न सामानहरू महँगो मूल्यमा विव्रmी गरिरहेका हुन्छन् । न त ती एजेन्ट कुनै मेडिकल साइन्सका विद्यार्थी हुन्छन् न त्यस सम्बन्धी तालिम लिएका न अनुभव नै । न त त्यस्तो सामानमा आधिकारिकताको नै ग्यारेन्टी गरिएको हुन्छ । राम्रो औषधी, सामान त निश्चित स्थानमा मजाले प्रमाण पत्र अगाडि राखेरै बेचिरहेको हामी पाइन्छ ।

अहिले हाम्रो गाउँघर, समाज लगायत देशभरमै विभिन्न विरुवाहरू जस्तै पाउलोनिया, रुद्राक्ष, बोधिचित्त आदिको विज्ञापन राम्रै गरी गरिएको पाइन्छ । यसबाट छोटै समयमा धेरै कमाइ हुने, विभिन्न नाफाका उदाहरण दिएर सर्वसाधारणमा अधिक मूल्यमा त्यसको विरुवा समेत बिव्रmी गरिन्छ । यहाँ शङ्का गर्नुपर्ने कुरा के छ भने ती विरुवाको उत्पादनको भरपर्दो उपयोग गरिएको स्थान, स्वरुप, त्यसबाट बनेको विश्वासिलो उत्पादन हामीले देख्न सक्छाँै त ? जसले गर्दा वस्तुको मूल्य त्यति धेरै हुन सकेको होओस् । लामो समयसम्म त्यसको उत्पादनले फाइदा दिन सकोस् । कतै हामी पनि आफ्ना बारीमा भएका विभिन्न फलफुल, रैथानै जातका उत्कृष्ट बिरुवा मासेर महँगो मूल्यका विरुवाका पछि कुदेका त छैनौ ? यस बारेमा सम्बन्धित प्राविधिकको सल्लाह लिएर मात्रै हात हाल्ने हो कि ? नत्र पचास हजारकै जुत्ता किनेको व्यथा आफैँमा नदोहोरिएला भन्न सकिन्न ।

नेपालमा ठगी धन्दा र त्यसबाट ठगिने क्रियाकलाप बढ्दो नै छ । चाहे त्यो कुनै अशिक्षित समुदाय होस् वा आफू शिक्षित हुँ भन्ने समाजमा रवाफ देखाउने समुदाय नै । कुनै न कुनै रुपमा ठगिएका हुन्छौँ । यो नियत मात्र नभएर छोटो समयमा कम मेहनेतमै धनी बन्ने सपना होस् वा समाजमा अरुभन्दा पृथक पहिचान खोज्ने बहाना तथा सोझोपनाको फाइदा उठाएर अरुबाट ठगिने अवस्था यी सबै ठगिने प्रवृत्ति हुन् । समाज खल्बल्याउने प्रक्रिया अनि दुःख गरेर, मिहिनेत गरेर आर्जन गरेको सम्पत्ति सिद्ध्याउनेसम्मको अवस्था आउँछ । यसबाट सजगता अपनाउनु÷त्यसका लागि मार्गदर्शन गर्नु नै समाजका अगुवाहरूको मुख्य दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: