ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटियो

  प्रकाशित मिति
३० भाद्र २०७३, बिहीबार १४:४७


andra

झापा, ३० भदौ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।

पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई दुई दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो । “उपचारका क्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेला प¥यो” –डा गुप्ताले भने।

लाखौँमा एक जनालाई मात्र यस्तो समस्या हुने बताउँदै डा गुप्ताले भने – “समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्यु समेत हुन्छ ।”

बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा गुप्ताको भनाइ छ । मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि विहीबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: