डकर्मी तालिम सुरु

  प्रकाशित मिति
२५ पुष २०७६, शुक्रबार २०:०३


धुलाबारी । सुरक्षित भवन निर्माण मजदुर सङ्घ मेचीनगरको आयोजनामा पाँच दिने डकर्मी तालिम शुक्रबारदेखि सुरु भएको छ । मेची उद्योग बाणिज्य सङ्घको सभाहलमा आयोजित तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सुशील आचार्य, राष्ट्रिय जनता पार्टीका मेचीनगर अध्यक्ष अनिल राजबंशी, मेचीनगर–१५ नम्बर वडा अध्यक्ष गुणराज भट्टराई (शङ्कर) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेचीनगरपालिकाको प्राविधिक सहयोग रहेको तालिममा सहभागी ६० जना डकर्मीहरुलाई नगरपालिकाका इन्जिनियर कमल कोइरालाले प्रशिक्षण दिइरहेका छन् । तालिम आउँदो मङ्गलबार सम्पन्न हुनेछ ।

सुरक्षित भवन निर्माण मजदुर सङ्घ मेचीनगरका अध्यक्ष कार्तिकलाल राजबंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भोगेल राजबंशी र सञ्चालन सदस्य विरु विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: