डाइनामिक ग्रुपको अध्यक्षमा खगिन्द्रा खुसी

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार १०:४३


भद्रपुर २८ भदौ । डाइनामिक ग्रुप नेपाल चन्द्रगढीको साधारण सभाले खगिन्द्रा खुसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
भद्रपुर–१० स्थित लेखनाथ पुस्तकालयको सभाहलमा आयोजित साधारण सभाले खुसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गीता सुवेदी नेपाल, सचिवमा अर्जुन खरेल, सहसचिवमा पवित्रा ओली र कोषाध्यक्षमा चन्द्रमणी पौडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा पुष्प पराजुली, प्रकाश निराकार संग्रौला, विराज बाँस्कोटा र लक्ष्मी भट्टराई छन् ।
साधारण सभाले कृष्ण सुवेदी निराकारको संयोजकत्वमा राजन न्यौपाने, आरती पोखरेल सहितको तीन सदस्यीय निर्वाचन समिति बनाईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक होम सुवेदी, विशेष अतिथी साहित्यकार पुरुषोत्तम अधिकारी, रागिनी संगीतालयका व्यवस्थापक भरत मैनाली लगायतले आफ्ना कमजोरीहरुलाई सुधार्दै साहित्य, संगीत र कलाका क्षेत्रमा निरन्तर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।

२०७३ सालमा स्थापना भएको संस्थाले साहित्य, संगीत र कला तथा समाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।

डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको सभापतित्व, कार्यक्रमको स्वागत कोषाध्यक्ष चन्द्रमणी पौडेल  र सञ्चालन अर्जुन खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: