डाक्टरको भेषमा कार चढेर काठमाडौंबाट आएका दुई युवा पक्राउ

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १२:३१


।। अर्जुन कार्की ।।

मेचीनगर । नक्कली डाक्टर बनेर काठमाडौंबाट लकडाउन छल्दै काँकरभिट्टा नाकामा आइपुगेका दुई जना व्यक्तिलाई आइतवार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु लागूऔषधको कारोवारी वा प्रयोगकर्ता भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ । त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

डाक्टरको नक्कली भेष धारण गर्दै स्वास्थ्य शिविर चलाउन आएको बताउने तिनीहरुमध्ये एक जनाले डाक्टर लेखिएको नक्क्ली परिचय पत्र समेत बनाएका थिए ।

प्रहरीले सोधपुछ गर्दा नक्कली डाक्टर भनी खुलासा भएका ती व्यक्तिहरु एकजना ३३ बर्षका दिलकुमार श्रेष्ठ र अर्का २८ बर्षका गणेश अधिकारी छन् । प्रहरीका अनुसार बा ६ च ७०१९ नम्बरको कार चढेर उनहिरु काठमाडौंबाट आएका हुन् । उनीहरुले एक दिन धरानमा बास बसेको प्रहरीलाई बताएका छन् ।

दुबैलाई प्रहरीले तत्कालका लागि क्वारेन्टाइनमा पठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: