डाक्टरलाई नै कोरोना लागेपछि विराटनगर अस्पताल सिल

  प्रकाशित मिति
८ श्रावण २०७७, बिहीबार २०:१८


मेचीनगर । विराटनगर स्थित विराटनगर अस्पतालका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ ।

महानगरपालिकाले अस्पताल पूर्ण रुपमा सिल गरिएको सूचना अस्पताल बाहिर टाँसेको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर अस्पतालका डाक्टरमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

महानगरपालिकाको सूचनामा भनिएको छ, कोशी अस्पताल विराटनगरबाट मिति २०७७ साउन ७ मा प्राप्त रिपोर्ट अनुसार यहाँबाट २०७७ साउन ६ गते संकलित स्वाबको नतिजा पोजेटिभ पाइएकोले सो अस्पतालबाट उपचार गरिएका बिरामी तथा निजी बिरामीसँग सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीहरुलाई समेत कोरोना परीक्षणको दायरामा ल्याउनु पर्ने र पुरै अस्पताल स्यानीटाइज गर्नुपर्ने भएकोले अर्को निर्णय व्यवस्था नहुन्जेलसम्म त्यहाँ अस्पताल पूर्ण रुपमा शिलबन्द गर्ने निर्णय गरिएको व्योहरा जानकारीका लागि अनुरोध छ ।’

अस्पतालका दुई जनाको स्वाब संकलन गरी कोभिड जाँच गर्दा एक जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य शाखाका सिनियर अहेवा रमेश कार्कीले बताए ।

कोरोना देखिएका चिकित्सक हाल सेल्फ आइसोलेसनमा रहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: