डाक्टरहरुको अल्टिमेटम : माग पूरा नगरे स्वास्थ्य सेवा ठप्प पार्छौं

  प्रकाशित मिति
२४ आश्विन २०७७, शनिबार १८:३०


झापा, २४ असोज । सरकारलाई वार्ताबाट डा. गोविन्द केसीका माग पूरा गर्न दवाव सिर्जना गर्न नेपाल चिकित्सक संघले आइतवारदेखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकारलाई आइतवारसम्ममा सत्याग्रही केसीका माग पूरा गरे अझ कडा आन्दोलन गर्ने अल्टिमेटम दिएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको ६ बुँदे माग राखी डा. केसी २७ दिनदेखि आमरण अनसनमा छन् ।

सरकारले दुई चरणमा विहीवार र शुक्रवार केसी पक्षसँग वार्ता गरे तापनि निष्कर्ष निस्किएको छैन ।

यसैबीच सरकारी वार्ता टोलीले आज विज्ञप्ति निकालेर डा. केसीलाई बिनाशर्त अनसन त्याग्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: