डाक्टर केसीको टोलीसँग वार्ता जारी

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार १४:४९


झापा, २२ असोज । सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
यता डाक्टर गोविन्द केसीको तर्फबाट डा.जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरु भएको वार्ता अहिले पनि सिंहदरबारमा जारी छ ।

सरकारले अनसन स्थगत गर्न डाक्टर केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन् ।

विभिन्न ६ बुँदे माग राखेर प्रा. डा. केसी गत २५ दिनदेखि अनसन बसेका छन् ।

जुम्लाबाट अनसन सुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: