डाक्टर र नर्स पढ्न बैङलोरतिर

  प्रकाशित मिति
१० कार्तिक २०७३, बुधबार ०९:००


cambridge-1
क्याम्ब्रिजका प्रबन्ध निर्देशक शिशिर सिंखडा

मेचीनगर, १० कार्तिक । क्याम्ब्रिज इन्स्टिच्युटमार्फत भारतको बैङलोरस्थित एमएस रमैया हर्षा हस्पिटल र गौतम कलेज अफ नर्सिङमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई मङ्गलवार क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले विदाइ गरेको छ ।

एसएलसी र प्लस टु पास गरी डाक्टर र नर्स (उच्च शिक्षा) अध्ययनका लागि भारत जान लागेका उनीहरूलाई काँकरभिट्टामा विदाई अगरिएको हो ।

विदाई कार्यक्रमका वक्ता रहेका अभिभावकहरूले आफ्ना सन्तानलाई डाक्टर र नर्स पढाउन भारत पठाउनुपर्ने बाध्यता रहेको बताए ।

नेपालमा डाक्टर तथा नर्स अध्ययन गर्न लाग्ने खर्च महँगो हुने तर बैङलोरका कलेज तथा युनिभर्सिटीहरूमा छात्रवृत्तिसमेत पाइने हुनाले खर्च सस्तो भएकाले आफूहरूले छोराछोरीलाई बैङलोर पठाएको अभिभावकहरूको भनाई थियो ।

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले भारतमा अध्ययन पूरा गरी नेपालका कुनाकाप्चामा गएर देशवासीको सेवा गर्ने लक्ष्य व्यक्त गरेका थिए ।

cambrige-kartik-10बैङलोरस्थित एमएस रमैया हर्षा हस्पिटल र गौतम कलेज अफ नर्सिङमा बीएस्सी नर्सिङ, जीएनएम, अपे्रशन थिएटर टेक्नोलोजी, डिप्लोमा ल्याब्रोटरी, टेक्नोलोजी, डिप्लोमा एक्सरे टेक्नोलोजी, अप्थलमोलोजी (नेत्र चिकित्सा) अध्ययन गर्न जाने विद्यार्थीलाई छात्रवृत्तिसहित भर्ना गरिने क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाले बताए ।

(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: