डा. खतिवडासहित दर्जनौ सम्मानित

  प्रकाशित मिति
२४ फाल्गुन २०७२, सोमबार १३:४१


sahakari

झापा, २४ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले २३ औँ वार्षिकोत्सवका अवसरमा एनएमसी वर्ष उत्कृष्ट राष्ट्रिय विशिष्ट व्यक्तित्वका रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् पूर्व गर्भनर डाक्टर युवराज खतिवडा, वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा निर्माण लहर साप्तहिकका संपादक रोहित काफ्लेलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।

खतिवडालाई नगद २५ हजार रुपैयाँ तथा काफ्लेलाई नगद ११ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सम्मानित व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरे । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले नगद र दोसल्ला ओडाएका थिए भने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले माला पहिर्याएका थिए । दुवै व्यक्तित्वका बारेमा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले प्रष्ट पारेका थिए ।

बर्ष उत्कृष्ट व्यबस्थापकका रुपमा प्रधान कार्यालयका अधिकृत जीवनमणि कटवाल, उत्कृष्ट कर्मचारीतर्फ दीर्घसेवा उत्कृष्ट पुरस्कार बुधबारे कार्यालयका बरिष्ठ सहायक प्रथम पारशचन्द्र भट्टराई, बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार शरणामती कार्यालयका सहायक प्रथम छत्रबहादुर ढकाल र वर्ष उत्कृष्ट बजार प्रतिनिधिका रुपमा शनिश्चरे कार्यालयका दीपक चौलागाईँ नगद र सम्मान पत्र दोसल्लाले सम्मान गरियो ।

संस्थाले यसवर्ष उत्कृष्ट कृषकका रुपमा बुधबारेकी ललिता राजवंशीलाई पनि पुरस्कृत एवम् सम्मान गरेको छ । सम्मानित सवैलाई प्रमुख अतिथि वडाल, संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्थाका सञ्चालक सदस्य खेम मिश्रले नगद प्रदान गरेका थिए ।

संस्थाले राम्रो कारोवार गर्ने सदस्यहरुलाई प्रदान गर्ने उत्कृष्ट सदस्यको सम्मान जिल्लाभरिका १४ जनालाई प्रदान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा काँकरभिट्टा कार्यालयबाट सुमित्रा तामाङ, गुरुप्रसाद दाहाल, अर्जुन सुब्बा, बाुहनडाँगी कार्यालयबाट मनमाया लिम्बु, इटाभट्टा कार्यालयबाट भोटलाल राजवंशी, धुलाबारी कार्यालयबाट ओमनाथ पौडेल, चारआली कार्यालयबाट ज्ञानप्रसाद पौडेल, सीमा धिमाल, बुधबारे कार्यालयबाट मविन्द्र शिवा,बिर्तामोड कार्यालयबाट सत्यनारायण खत्री, कैकेयी बस्नेत, शनिश्चरे कार्यालयबाट शेरबहादुर श्रेष्ठ, चन्द्रगढी कार्यालयबाट चन्द्रकला रेग्मी, राजु पौडेल, सुरुङ्गा कार्यालयबाट लक्ष्मीप्रसाद पाण्डे, बनियानि कार्यालयबाट डालीकुमारी विक, भद्रपुर कार्यालयबाट रोहितप्रसाद बास्तोला, शरणामती कार्यालयबाट डिल्लीराम चुडाल र दुधे कार्यालयबाट धनमाया सेरेङ्गरहेका छन् । सवैलाई कार्यक्रमका प्रमुख अतिथि बडाल, विशिष्ट अतिथि खतिवडा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले दोसल्ला, सम्मान पत्र र नगद प्रदान गरेका थिए । यसैगरि झापा दुहागढीकी तुलसीमाया गुरुङलाई संस्थाले राहत रकम एकलाख रुपैयाँ प्रदान गरेको छ । संस्थामा ६६ महिने खाता खोली कारोवार शुरु गरेका उनका पतिको निधन भएपछि संस्थाले राहत रकम प्रदान गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा संस्थाका विभिन्न विभागीय समितिले आयोजना गरेको भलिवल, हाजिरीजवाफ, क्रिकेटलगयातका खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा नृत्य र गायन समेत प्रस्तुत गरिएको थियो ।

उद्घाटन मन्तव्य राख्र्दै बडालले सहकारीलाई निस्तेज पार्ने खालका कुनै पनि कानुन मान्य नहुँने बताए । सहकारी अगुवा बडालले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

संस्था सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी र भगवती घिमिरेले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि खतिवडा, सांसद नरेश खरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, मोरङ जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष महेन्द्र गिरी महिला उपाध्यक्ष गीता कुँवर, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी, कृषि सहकारी केन्द्रीय सञ्चालक मीना ढकाल नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङलगायतले बोलेका थिए ।

सम्मानित व्यक्तित्वकातर्फबाट अर्जुन सुब्बाले अनुभूति मन्तव्य राखेका थिए । सहभागी सवैलाई संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले स्वगत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: