डा. गोविन्द केसीले तोडे अनशन

  प्रकाशित मिति
१० श्रावण २०७३, सोमबार १५:२२


Dr-Govinda-KC-Ansan-antya

काठमाडौ , १० साउन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीले सोमबार अनशन तोडेका छन् ।

उनी चिकित्सा शास्त्र क्षेत्र सुधारका बिभिन्न माग राख्दै १६ दिन अघि अनशन बसेका थिए ।

आइतबार साँझ सरकार र केसीबीच चार बुँदे सहमति भएपछि सोमबार अनसन अन्त्य भएको हो । डा. केसीले शिक्षण अस्पतालमा उपचाररत हाडजोर्नीका विरामी पाँच वर्षीय सरोज नेपाल, भिक्षु थोवाङ नोर्बु लामा र अनितादेवी महतोको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

हाडजोर्नी रोगका विशेषज्ञ डा. केसीलाई सरकारी वार्ता टोलीका संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीले पनि जुस पिलाएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: