डा. मैनालीको अध्यक्षतामा रेलवे प्रभावित समन्वय तथा मुआव्जा समिति गठन

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १५:३६


झापा, ३० मङ्सिर । रेलवे प्रभावितहरुको समस्यामा स्थानीयपालिका गम्भीर नभएको भन्दै प्रदेश नम्बर १ स्तरीय ‘रेलवे प्रभावित समन्वय तथा मुआव्जा समिति’ गठन गरिएको छ ।

पालिकाहरुले चलन चल्तीको जग्गाको मूल्य रेल विभागलाई पठाउन ढिला सुस्ती गरेपछि प्रदेश नम्बर १ भरिका रेलवे प्रभावितहरुले खवरदारी गर्न समिति गठन गरेका हुन् ।

रेल विभागले पत्रचार गरी स्थानीय पालिका र वडा कार्यालयहरुलाई चलनचल्तीको जग्गाको मूल्य पठाउन एक महिना अघि नै भने पनि हालसम्म विभागलाई नपठाएको भन्दै मोरङको लक्ष्मीमार्गमा सोमबार आयोजित भेलाले झापा विर्तामोडका डा.लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन गरेका हो ।

नवगठित समितिको सहसंयोजकमा रमेश दाहाल (मोरङ्ग) र शुशिल शाह (सुनसरी), महासचिव रञ्जित प्रसाईं (झापा), सचिव माधवप्रसाद कोईराला (मोरङ्ग) र सहसचिवमा कृष्णदेव मेहेता (सुनसरी) रहेका छन् । यसैगरी, सदस्यहरुमा अर्जुन कार्की, विश्वराज न्यौपाने, खगेन्द्र प्रसाद खनाल, योगेन्द्र प्रसाद पौडेल, डिल्ली रमण खतिवडा, खगेश्वर उप्रती, दिलीप संग्रौला र लक्ष्मी मैनाली रहनु भएको छ । समितिको  सदस्यहरुमा प्रदेश एक भरीका प्रभावित वडाहरुवाट एक एक जना समावेश गरीने सो भेलाले निर्णय गरेको छ । भेलामा झापा,मोरङ्ग र सुनसरीका प्रभावित पालिकाका अध्यक्ष तथा समिति सदस्यहरुको सहभागीता रहेको थियो ।

समितिले मङ्सिरको पहिलो सातादेखि नै अघि वढाइने भनेको मुआव्जा वितरणको प्रक्रिया सुरु गर्न स्थानीय पालिकालाई दबाब दिने, समृद्घ नेपाल सुखी नेपाली वनाउने सरकारको लक्ष्यमा रेलवे परियोजना महत्वपूर्ण आयाम भएको हुँदा सो निर्माणमा सहयोग गर्ने उद्देश्य लिएको छ ।

गत जेठ २४ गते मुआव्जा सम्वन्धी ३५ दिने सूचना जारी गरे पनि रेल विभागले हालसम्म प्राविधिक समस्या, क्षेत्र निर्धारण, कित्ता नम्वर र क्षेत्रफलको समस्या समाधान गर्न नसकेको वताउँदै अध्यक्ष मैनालीले रेल विभागले प्रभावितलाई ढाट्ने मात्र काम नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: