डा. रामबाबुलाई उत्कृष्ट युवा पुरस्कार

  प्रकाशित मिति
९ पुष २०७४, आईतवार १३:२२


भद्रपुर । मेची अञ्चल अस्पतालमा कार्यरत सर्जन डा. रामबाबु खड्का नेपाली जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल जेसीजको शनिवार भैरहवाको सिद्धार्थनगरमा सुरु ४४ औँ महाधिवेशनमा डा. खड्का सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. खड्कालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

भद्रपुर जेसीजले डा. खड्कालाई पुरस्कारका लागि नाम सिफारिस गरेको सो जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: