डा. शङ्करको ‘जीवन एक सपना’ लोकार्पण

  प्रकाशित मिति
२२ माघ २०७२, शुक्रबार ०४:५५


shankar 1
विर्तामोड । पूर्व सांसद तथा लोकप्रिय चिकित्सक डा. शङ्करप्रसाद उप्रेतीको पहिलो साहित्यिक कृति ‘जीवन एक सपना’ विहीवार झापामा लोकार्पण भएको छ ।

साहित्यकार सरोज ओली, पूर्व मन्त्री वीरमणि ढकाल र पूर्व सांसद डिल्ली सिटौलाले एक समारोहविच कृतिको लोकार्पण गरेका हुन् ।
सीके चिन्तन प्रतिष्ठानको सभाहलमा भएको कार्यव्रmममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी, अर्का चर्चित साहित्यकार सञ्जीव उप्रेती, रोहिणीविलास लुइँटेल, तेजराज खतिवडा, डा. अर्चना थापा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

साहित्यकार धरावासीले कृतिका वारेमा चर्चा गर्दै पुस्तकमा पूर्व सांसद उप्रेतीको जीवनको प्रारम्भकालदेखि चिकित्सा जीवनको बारेमा गहन जानकारी पाइने बताए ।

राजनीतिज्ञ वीरमणि ढकाल र साहित्यकार सरोज ओलीले आफ्नो मन्तव्यका व्रmममा स्रष्टा डा. उप्रेतीको कृतित्व र सामाजिक जीवनमा दिएको योगदानका वारेमा चर्चा गरेका थिए ।

डा. उप्रेतीले कृतिमा जीवनका आफ्ना भोगाइहरूको हुवहु उद्घाटन गरेको बताउँदै ८२ वर्षको लामो उमेरमा आफुले जीवन भनेको नाट्यशाला भएको अनुभूति गरेको जनाए । उनले आफु कुशल साहित्य शिल्पी नभएको भन्दै कृति पढेर सुझाव दिन आग्रह गरेका थिए ।

२ सय ३५ पेजको उनको कृति अटो वायोग्राफी विधाभित्र पर्ने साहित्यकार धरावासी बताउँछन् । पुस्तकको प्रकाशन काठमाडाँैको अक्षर व्रिmयसन्स नेपालले गरेको हो । पुस्तक विव्रmीबाट सङ्कलन हुने रकम गरीव तथा असहाय वालवालिकाको शिक्षामा खर्च गरिने पुस्तकमै उल्लेख गरिएको छ ।

लोकार्पण कार्यव्रmमको सञ्चालन सर्जक मञ्च झापाकी अध्यक्ष तथा पत्रकार लीला अनमोलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: