डिकमान विरही पत्रकारिता पुरस्कार : भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान

  प्रकाशित मिति
२५ श्रावण २०७९, बुधबार २१:१३


झापा, २५ साउन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।
पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

आगामी साउन २७ गते महासंघको २३औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने सो पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: