‘डिभोर्स दिन’ विरामी पत्नीलाई दवाव

  प्रकाशित मिति
१९ फाल्गुन २०७५, आईतवार १५:४४


मेचीनगर । पत्नी विरामी भएर ओछ्यान परेपछि उपचार गर्नुको साटो पतिले डिभोर्स मागेको एउटा घटना सार्वजनिक भएको छ ।

मेचीनगर–६ कालीखोलाकी २६ वर्षीया निर्मला राईले विरामी अवस्थामा उक्त पीडा भोगिरहेकी छन् ।

६ वर्ष अघि मेचीनगर–४ का ताराकुमार राईसँग निर्मलाको विहे भएको थियो ।

गत वर्ष निर्मलालाई मुटुमा पानी जम्ने र छालामा सङ्क्रमण हुने सिस्टमिक लुपुस इरिथ्रेमाटस (एसएलई) नामक रोग देखा पर्यो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउँदा उनको रोग पत्ता लागेको थियो । हाल उनलाई रोगले निकै च्यापेको अवस्था छ ।

‘सुरुमा उपचार गराउन लानु भयो’, पीडित निर्मलाले शुक्रवार मेचीनगर–६ काँकरभिट्टास्थित माइतीघरमा पत्रकार सम्मेलनमा भनिन्–‘जब रोगले च्याप्दै लग्यो, म ओछ्यान परें, अनि मेरा श्रीमानले डिभोर्स दे भन्न थाल्नु भयो ।’

शरीर सुन्निएको र खुट्टामा घाउ फैलिएको अवस्थामा निर्मला हाल माइतीको शरणमा आइपुगेकी छन् ।

उनको उपचार माइती पक्षले नै गरिरहेको निर्मलाकी आमा कमला राईले बताइन् । उपचारमा करीव ५ लाख जति खर्च भइसकेको बताइएको छ ।

निर्मलाका पति ताराकुमार हाल मुम्बईमा बस्छन् । होटलमा कुकको काम गर्ने उनले सुरुमा उपचारका लागि १६ हजार रुपैयाँ पठाएको र त्यसपछि फोनमा कुराकानी गर्दा पटकैपिच्छे डिभोर्स माग्ने गरेको निर्मलाले रुँदै रुँदै पत्रकारहरुलाई बताएकी छन् ।

माइतीको आर्थिक अवस्था नाजुक भएको कारण निर्मलाको उपचारका लागि चन्दा सङ्कलन गरिने भएको छ ।

गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले निर्मलाको सहयोगका लागि चन्दा सङ्कलन गर्ने भएको छ ।
शुक्रवार संस्थाले नै पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष एवम् कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिव भुपाल बस्नेतले असहाय अवस्थामा रहेकी निर्मलाको उपचारका लागि अभियान चलाइने र उनका लागि खुला दिलले सहयोग पुर्याउन अपिल गरेका छन् ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर शर्माले एसएलई रोग बंशानुगत कारणले समेत हुने र त्यसको उपचार हुने बताएका छन् ।
………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: